दोर्दी पालिका केन्द्र जोड्ने सडक निर्माण अवधि सकिए पनि काम सकिएन
लमजुङ | असोज ८, २०७९
तस्बिर फाइल
लमजुङ : सरकारले एक पालिका एक सडक पुर्याउने अभियानअन्तर्गत अघि बढाएको यहाँको एक पालिकाको केन्द्रसम्म जोड्ने सडक निर्माण अवधि सकिए पनि काम भने अधुरै छ ।
गण्डकी प्रदेश सरकारको लगानीमा जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्न उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक कालोपत्रे गर्न तोकिएको अवधि सकिए पनि काम सम्पन्न हुन नसकेको हो । दुई वष (गत असार २ गते)सम्ममा निर्माण सम्पन्न गर्ने भनी सम्झौता भएको थियो ।
काठमाडौँस्थित कन्ट्र्याक निर्माण प्राइभेट लिमिटेडले निर्माण गर्दै आएको यस सडक विसं २०७७ असार ३ गते सम्झौता भएर विसं २०७९ असार २ गते कालोपत्रे गरिसक्नुपर्ने सम्झौता थियो तर निर्धारित समयमा काम हुन नसकेपछि आगामी पुस १५ गतेसम्मका लागि पुनः म्याद थप गरिएको छ । प्रदेश सरकारको रु २६ करोड २९ लाख छ हजार दुई सय २५ मा लगानीमा सात दशमलव १२१ किलोमिटर कालोपत्रे हुन लागेको हो । बेँसीसहर नगरपालिका–१ उदिपुरदेखि दोर्दी गाउँपालिका–४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्रे हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
कार्यालयका रोड इन्जिनियर राजेश अधिकारीका अनुसार हालसम्म ५० प्रतिशत मात्र भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ३६ दशमलव ५१ प्रतिशत छ । हालसम्म रु नौ करोड ६० लाख २० हजार १० उक्त कार्यालयले ठेकेदार कम्पनीलाई दिइसकेको उहाँको भनाइ थियो । हालसम्म नाली र एउटा आरसीसी कल्र्भटका साथै सडकको बेस बसाउने काम सम्पन्न भएको छ भने यतिबेला ग्याबेल, ग्याबिन वाल, मेसिन वाल, स्ट्रक्चरको काम भइरहेको उहाँको भनाइ थियो । सो सडकमध्ये दुई ठाउँमा एक हजार एक सय १३ घनमिटर सडक ढलान गर्ने भएको छ ।
उक्त सडक कोभिडका कारण र निर्माण कार्य सुरु गर्न ढिलाइ भएको जनाउँदै निर्माण कम्पनीले निर्धारित समयमा निर्माण कार्य सम्पन्न नगरे पनि पुनः म्याद थप गरिएको समयमा भने सम्पन्न गर्नसक्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सडकको विभिन्न स्थानमा ६० कामदार सम्लग्न छन् । उक्त सडक निर्माण भएसँगै दोर्दी पालिका र सडक आसपासका बासिन्दालाई सदरमुकाम बेँसीसहरसम्म आउनका लागि समय समयको बचत हुनाका साथै सहज यात्रा गर्न पाउने छन् भने किसानले उब्जाएका खेतीपातीसमेत सदरमुकामसम्म ल्याउन सहज हुने भएको छ ।
गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले यस सडक चाँडै सम्पन्न गराउन सम्बन्धित निकायमा कुरा उठाउँदै आएको बताउनुभयो । सडक कालोपत्रे नहुँदा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडककोे यात्रामा कठिनाइ हुँदा जनताले सास्ती भोग्दै आउनुपरेकाले आफूले सक्दो पहल गर्दै आएको उहाँको भनाइ थियो ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

